Like us!
Follow us!
Connect us!
Watch us!

स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १२ : ०६ मा प्रकाशित

स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता

बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा NIBL Ace Capital Ltd. ले पनि सहभागिता जनाएको छ । 

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै  सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

चैत्र १८, २०७८ बाट  लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ-बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । यसैक्रममा मिति २०७८ चैत्र २३ गते सो फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । 

NIBL Ace Capital Ltd. ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन (Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility) पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको