Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणले चासो नदिएपछि एनआईबिएल स्टेबल फण्डको समय थपियो, ५ करोड इकाई खरिद नबिके योजना खारेज हुने

अर्थ संसार

शुक्रबार, ०५ माघ २०८०, ०८ : ४९ मा प्रकाशित

सर्वसाधारणले चासो नदिएपछि एनआईबिएल स्टेबल फण्डको समय थपियो, ५ करोड इकाई खरिद नबिके योजना खारेज हुने

म्युचुअल फण्डको प्रदर्शनमा सर्वसाधारण सन्तुष्ट छैनन् भन्ने कुरा फेरि पनि एनआईएमबि एस क्यापिटल लिमिटेडले खुला गरेको एनआईबिएल स्टेबल फण्डबाट प्रमाणित भएको छ। 

माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डको इकाईमा सर्वसाधारणले भर्ने इच्छा देखाएका छैनन्। माग अनुसार आवेदन नपरेपछि एनआईएमबि एस क्यापिटलले  माघ १६ गतेसम्म आवेदन दिन समय थप गरेको छ। 

न्यून आवेदन 
 
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।निष्काशन गरिएको कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरीएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार हाल सम्म माग गरेको इकाई मध्य पनि हाल सम्म २ करोड ३८ लाख इकाईलाई मात्र आवेदन परेको छ। आइपिओमा जसरी सर्वसाधारणले आवेदन दिन्छन त्यसको ठिक उल्टो म्युचुअल फण्ड देखिने गरेको छ। 

भइरहेकै योजनाहरुको बजार मूल्य भने फेस भ्यालु १० रुपैयाँ भन्दा कम 

एनआइएमबि एस क्यापिटलले हाल जारी गरेको बन्दमुखी म्युचुअल फन्ड योजना एनआइबिएल स्टेबल फन्डबाहेक अन्य तीन बन्दमुखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरिरहेको छ ।

एनआइबिएल ग्रोथ फन्ड, एनआइबिएल समृद्धि फन्ड-२ र मेगा म्युचुअल फन्ड-१ उक्त क्यापिटलले सञ्चालन गरिरहेका फन्डहरु रहेका छन् । क्यापिटलले नयाँ योजनाका लागि लगानीकर्तासँग आवेदन माग गरिरहे पनि हाल सञ्चालन भइरहेकै योजनाहरुको बजार मूल्य भने फेस भ्यालु १० रुपैयाँ भन्दा कम रहेको छ ।

बिहिबारको अन्तिम मूल्य हेर्ने हो भने एनआइबिएल ग्रोथ फन्ड प्रति इकाई ८ रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो । यसैगरी एनआइबिएल समृद्धि फन्ड-२ को दोस्रो बजारमा प्रति इकाई ७ रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो भने मेगा म्युचुअल फन्ड-१ हिजो प्रति इकाई ७ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।

साविकका योजना दोस्रो बजारमा नै न्यून मूल्यमा पाइरहँदा लगानीकर्ताले नयाँ योजनामा पैसा हाल्न खासै तत्परता देखाएका पनि छैनन् । एकै व्यवस्थापकको व्यवस्थापन रहेका अन्य योजनाले खासै राम्रो प्रदर्शन नगर्दा नयाँ योजनामा के फरक होला भन्ने लगानीकर्तामा संशय रहेको बुझ्न सकिन्छ । 

लगानीकर्ता घाटामा बेच्छन 
केही समय अघि आवेदन खुलाइएको हिमालय ८०-२० म्युचुअल फन्डको दोस्रो बजारमा कारोबारमा आएको केही समयमै १० प्रतिशतले घटेको थियो । नबुझेरै म्युचुअल फन्डमा लगानी गर्ने र प्रतिफल प्राप्त हुन लामो समय लाग्ने बुझेपछि लगानीकर्ताले सस्तै मूल्यमा समेत दोस्रो बजारमा बेचिदिने गरेका छन् ।

खारेजको खतरा 

 थप गरिएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। तर  न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु गर्नु पर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको