Like us!
Follow us!
Connect us!
Watch us!

ई-ट्रान्सपोर्टेसनको ग्यारेज प्रतिनिधिहरूसँग अन्तरक्रिया

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, ०८ : ३० मा प्रकाशित

ई-ट्रान्सपोर्टेसनको ग्यारेज प्रतिनिधिहरूसँग अन्तरक्रिया

नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउने अभियान सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसले बुटवल देखि नारायणघाट सम्मका आफू आवद्ध ग्यारेजहरूसँग अन्तरक्रिया गरेको छ।

ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेक डाउन सर्भिस' को सेवा दिँदै आएको ई ट्रान्सपोर्टेसनले ग्यारेजहरूको समस्या सुन्न, ई ट्रान्सपोर्टेसनसँग आबद्ध भएर कसरी काम गर्ने भन्ने बुझाउन र ग्यारेजहरूको आवश्यकता पहिचान गर्न अन्तरक्रिया आयोजना गरिएको संस्थापक सन्तोष मण्डलले बताए। बुटवल कालिका नगर स्थित महाराजा रिसोर्टमा आयोजित कार्यक्रममा ई ट्रान्सपोर्टेसन आबद्ध ग्यारेजका प्रतिनिधि सहभागी रहेको मण्डलले बताए।

बेलायतमा आइटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले डेढ वर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायात व्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले ई-ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका हुन्। पहिलो एक वर्षमा ४ हजार ५ सय ३६ ट्रक र १०३ निजी फ्याक्ट्री ई-ट्रान्सपोर्टेसनमा आबद्ध भएका छन्।

त्यस्तै मुख्य राजमार्गका १७३ ग्यारेज आबद्ध भएका छन् जसले समस्यामा परेका सवारीलाई मर्मतको सुविधा दिँदै आएको मण्डलको भनाइ छ।

मण्डल भन्छन्- 'ई-ट्रान्सपोर्टेसन सर्भिस डिजिटल प्लेटफर्म भएकाले ढुवानी यातायात धनीलाई छिटो र व्यवस्थित कामका लागि सजिलो बनाउँछ ।' भेइकल ब्रेक डाउन सर्भिस अन्तर्गत मुख्य राजमार्गहरूमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मतका लागि मेकानिकल पठाएर सेवा प्रदान गर्छ।' सवारी धनी/चालकले मोबाइलमा नेपाल इटीयस (NepalEts) टाइप गरी ई-ट्रान्सपोर्टेसनको एप डाउनलोड गरेर आफ्नो सवारी दर्ता गरी सेवा लिन सक्छन्। सेवा लिन निश्चित वार्षिक शुल्क तिर्नु पर्ने हुन्छ। राजमार्गमा समस्यामा परेकालाई कम शुल्कमा सेवा दिन सफल भएको मण्डलको दाबी छ।

दर्ता भएका ग्राहकले मोबाइल एप सँगै ९८५७०७७७८८ मा सिधै फोन गरेर पनि मर्मतको सेवा लिन सक्छन्।

60443f0ebe7a3.jpg 60443f0ec09ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको