Like us!
Follow us!
Connect us!
Watch us!

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १२ : ०५ मा प्रकाशित

बिन्ध्यवासीनी हाइड्रोको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनी कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले सो प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले मंसिर ६ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले कार्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार कार्तिक २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आव २०८०/०८१ को लखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लखापरीक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको