Like us!
Follow us!
Connect us!
Watch us!

सकियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया, अब बोर्ड अध्यक्षमा को ?

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १३ : १२ मा प्रकाशित

सकियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया, अब बोर्ड अध्यक्षमा को ?

नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तर्वार्ता सकिएको छ । आइतबार सिंहदरबारमा सम्पन्न अन्तर्वार्तापछि अब बोर्डले नयाँ अध्यक्ष पाउने निश्चित भएको छ ।

अन्तर्वार्तामा बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो प्रस्तुति दिएका छन् ।  बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने आज पनि अनुपस्थित रहे ।

यसअघि, सर्टलिस्टमा परेका अन्य दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले पनि आफ्नो अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरिसकेका थिए । 

अन्तर्वार्ता प्रक्रियामा सहभागी चार उम्मेदवारमध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई बोर्डको अध्यक्षका रूपमा नियुक्त गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली भने सन्तोष नारायण श्रेष्ठलाई बोर्डको अध्यक्षमा देख्न चाहन्छन् । अर्थमन्त्री विष्णु पौडेलले पनि सन्तोषलाई नै अध्यक्ष बनाउन चाहेको देखिन्छ । यस्तै,ओली सरकारले नयाँ स्टक एक्सचेन्जको अनुमति दिलाउन सक्ने व्यक्तिलाई अध्यक्ष बनाउन खोजेको पनि देखिन्छ ।  तर, नेपालमा दुईवटा स्टक एक्सचेञ्ज आवश्यक छ/छैन भन्ने कुराको अध्ययन भने भएको छैन । अध्ययन नगरी अर्को स्टक एक्सचेन्ज खोल्न लागेको बेलामा बोर्डको अध्यक्ष नियुक्तिलाई महत्वका साथ हेरिएको छ ।

धितोपत्र बोर्ड २०८० पुस २० पछि अध्यक्षविहीन छ । प्रक्रियामा ढिलाइका कारण नयाँ प्रक्रिया सुरु गर्ने प्रस्ताव भए तापनि कानूनी जटिलताका कारण पुरानै प्रक्रियालाई अघि बढाइएको हो । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको