Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १० : ५९ मा प्रकाशित

रवि लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो । 

लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पाचौं पटक उपस्थित गराएको हो ।

लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्‍याइएको छ । प्रहरीले अनुसन्धान बाँकी रहेकोले म्याद थप मागेको छ । रविलाई म्याद थपेपछि काठमाडौं लैजाने तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको