Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनीको छतमा सौर्य ऊर्जा क्रान्ति: रिन्यु होल्डिङ्ससँगको १२.७५ मेगावाट सम्झौता

अर्थ संसार

शनिबार, ०८ मंसिर २०८१, २० : २९ मा प्रकाशित

भाटभटेनीको छतमा सौर्य ऊर्जा क्रान्ति: रिन्यु होल्डिङ्ससँगको १२.७५ मेगावाट सम्झौता

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर र रिन्यु होल्डिङ्सबीच १२.७५० मेगावाट क्षमता बराबरको सौर्य विद्युत उत्पादनका लागि एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा भाटभटेनीको तर्फबाट संचालक साबित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबंध निर्देशक किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे।

भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत र खाली स्थानहरूमा सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको यो सहकार्यले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ। रिन्यु होल्डिङ्सले देशभर सोलर, हाइड्रो, चार्जिङ स्टेसन र अन्य नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिहरूमा काम गर्ने योजना बनाएको छ।

भाटभटेनी सुपरमार्केटले हालसम्म २७ वटा सुपरमार्केट सञ्चालन गरिसकेको छ र आगामी पाँच वर्षमा थप ५१ वटा नयाँ स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ, जसमा सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ। यस सम्झौताले कार्बन उत्सर्जनलाई घटाउन र दिगो विकासलाई बढावा दिन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको