Like us!
Follow us!
Connect us!
Watch us!

के एलन मस्कको नेपाल भ्रमण नजिक छ? प्रधानमन्त्री ओलीसँगको संवादले मचायो हलचल!

अर्थ संसार

शनिबार, ०८ मंसिर २०८१, ०८ : ५८ मा प्रकाशित

के एलन मस्कको नेपाल भ्रमण नजिक छ? प्रधानमन्त्री ओलीसँगको संवादले मचायो हलचल!

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विश्व प्रसिद्ध उद्योगपति एलन मस्कसँग भर्चुअल संवाद गरेका छन्। यो संवाद प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक भएको हो।

प्रधानमन्त्री ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "अहिले एलन मस्कसँग कुरा गरिरहेको छु।" यस संवादमा मस्कको कम्पनी स्पेसएक्सले नेपालमा स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने योजनाबारे चर्चा भएको छ।

स्पेसएक्सले गत वर्ष नेपाली अधिकारीहरूलाई स्याटेलाइट नेटवर्कको प्रस्ताव पनि प्रस्तुत गरेको थियो, तर यस सम्बन्धी औपचारिक पुष्टि भने हालसम्म भइनसकेको छ। नेपालमा स्पेसएक्सले स्याटेलाइट इन्टरनेट सञ्चालनको अनुमति मागे पनि कानुनी अड्चनका कारण यसमा प्रगति हुन नसकेको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको