Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावर कम्पनीले १३५ मेगावाट मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको घोषणा

अर्थ संसार

शनिबार, ०८ मंसिर २०८१, २० : १६ मा प्रकाशित

बुटवल पावर कम्पनीले १३५ मेगावाट मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणमा लगानी गरेको घोषणा

मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीले १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन पूरा गर्दै निर्माण प्रक्रिया सुरु गरेको छ।

यो आयोजनामा लगानीकर्ता कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। गत महिनामा चीनको एक्जीम बैंकसँग कर्जा सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्झौताअनुसार, एक्जीम बैंकले १ अर्ब २४ करोड २५ लाख चिनियाँ युआन (१७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर) का दरमा ऋण लगानी गर्नेछ। बाँकी रकम अन्य स्रोतबाट जुटाइएको छ। आयोजनाको कुल अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ।

यस आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेशनल लिमिटेड, सिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, क्यूवाइइसी इन्टरनेशनल कम्पनी लिमिटेड र तिनीहरूको संयुक्त लगानी संस्था एसिआइजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेष्टमेन्ट कम्पनीको लगानी रहेको छ।

आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरीवेक्षण सोही नर्थवेष्ट इन्जिनियरिङ कम्पनीले गर्ने छन्। आयोजना ४२ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ।

6741e7937a5bc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको