Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले गर्याे शेयरधनीहरुलाई लाभांश लिन अनुरोध

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १४ : ५४ मा प्रकाशित

सिटिजन्स बैंकले गर्याे शेयरधनीहरुलाई लाभांश लिन अनुरोध

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले (साविक सहयोगी विकास बैंक लिमिटेड) काे लाभांश लिन बाँकी भएका  शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेकाे छ ।

बैंकले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्न लागेको हुनाले सहयोगी विकास बैंक लिमिटेडकाे विगत पाँच वर्ष भन्दा पुरानाे लाभांश संकलन गर्न अनुरोध गरेकाे हाे । 

शेयरधनीहरुले आगामी ३५ दिनभित्रमा बैंककाे शेयर रजिष्टार सिबिआईएल क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश संकलन गर्न सक्नेछन् । 

त्यसैगरी, ३५ दिनभित्रमा पनि लाभांश संकलन नगरेमा कम्पनी ऐन, २०६३ को दफा १८२(९) बमोजिम स्थापना भएको ‘लगानीकर्ता संरक्षण कोष’ मा जम्मा हुनेछ । त्यसैले, बैंकले शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604495b3f3212.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको