Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार झिनो अंकले घट्यो, कति घट्ला अझै ?

मंगलबार, ०२ कार्तिक २०७३, १६ : १० मा प्रकाशित

सेयर बजार झिनो अंकले घट्यो, कति घट्ला अझै ?

अर्थ संसार
काठमाडौँ–दशैं बिदापछि लगातार घटेको सेयर बजार मंगलबार झिनो अंकले घटेर बन्द भएको छ । कारोबार अबधिभर झण्डै १० अंकले घटेको बजार अन्तिम समयमा उकालो लागेर अघिल्लो दिनको तुलनामा झिनो अन्तरले घटेर बन्द भएको हो । 

बजार शून्य दशमलव ६३ अंकले घटेको १७९२।७३ अंकमा बन्द भएको छ । मंगलबार १ सय १५ कम्पनीको ५० करोड ८६ लाख रुपैयाँको ७ लाख कित्ता सेयर किनबेच भएको छ । घटेको बजारमा रिलायवल माइक्रोफाइनान्स र कामना विकास बैंकका सेयरधनीले ९ि प्रतिशत हाराहारीले सम्पत्ति बढाएका छन् । 
रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले पनि ९ प्रतिशतकै हाराहारीमा गुमाएका छन्  ।
 
मंगलबार होटल, बीमा र अन्य कम्पनी उप सूचक हरिया भएका छन् ।  बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत समुहका उपसूचक भने रातै देखिएका छन्। लगातारको घटेको बजार केही सम्हालिन लागेको देखिएको छ । सेयर विष्लेषकले अब बजार उकालो लाग्ने अनुमान गरेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको