Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले नागरिक लगानी कोषको सेयर बेच्ने, मूल्य कति ?

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १२ : ०२ मा प्रकाशित

नेपाल बैंकले नागरिक लगानी कोषको सेयर बेच्ने, मूल्य कति ?

नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ ।

बैंकले काेषकाे ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक हजार ५ सय २ रुपैयाँ ५० पैसा ताेकिएकाे छ । लगानीकर्ताले साे वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले सेयर खरिदका लागि बाेलकबाेल गर्दा न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि बाेलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस सेयरमा विद्यमान संस्थापक वा इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

604865e1ce963.jpg 604865e8db725.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको