Like us!
Follow us!
Connect us!
Watch us!

करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

अर्थ संसार

बुधबार, २६ फागुन २०७७, १६ : ५५ मा प्रकाशित

करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवाकार्यालय, विराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्वकार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गरेका थिए ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग बिभागका प्रमुख भोला बहादूर बिष्ट, सिभिलबैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको