Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले बोन्ड निष्कासन गर्ने, व्याज कति ?

अर्थ संसार

विहीबार, २७ फागुन २०७७, १३ : ०६ मा प्रकाशित

ज्योति विकास बैंकले बोन्ड निष्कासन गर्ने, व्याज कति ?

ज्योति विकास बैंक लिमिटेडले बाेन्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ ।

बैंकले ९ प्रतिशत व्याजदरमा  १० वर्ष अवधिकाे लागि "९% १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७" नाममा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बाेन्ड निष्कासन गर्न निवेदन पेश गरेकाे हाे ।

कुल १५ लाख कित्ता बाेन्डमध्ये ६ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी ९ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे बाेन्ड सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

6049c78964143.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको