Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको १०% बोनस तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

शुक्रबार, २८ फागुन २०७७, १५ : ३९ मा प्रकाशित

ज्योति विकास बैंकको १०% बोनस तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

ज्योति विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

बैंककाे माघ १४ गते, सम्पन्न भएकाे तेर्हाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिन अर्थात् पाैष २८ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंककाे बाेनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भइसकेकाे छ ।

त्यसैगरी, पाैष २८ गतेपछि कायम भएका शेयधनीहरूले भने बोनस सेयर पाउनका लागि सर्वप्रथम कर तिर्नुपर्नेछ । कर तिर्नका लागि शेयधनीहरूले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रहेको खाता नम्बर ०३६०१०४०२६५४६१ मा रकम जम्मा गर्नुपर्नेछ । कर तिरेपश्चात् मात्र शेयरधनीहरूले बाेनस प्राप्त गर्न सक्नेछन् । 

बैंककाे शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

604b3754e86ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको