Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति

अर्थ संसार

आइतबार, ०१ चैत्र २०७७, १२ : ४० मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको फागुन २८ गते बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत २८ गते, शनिबार बस्दैछ ।

सभामा संचालक समितिको बैठकले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

बैंकले साधारणसभा प्रयोजन तथा लाभांश वितरणको लागि चैत १७ गते बुकक्लोज गर्दैछ । त्यसैले चैत १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

604db45498093.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको