Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

अर्थ संसार

विहीबार, ०५ चैत्र २०७७, १७ : ०३ मा प्रकाशित

ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) चैत्र १३ गते, शुक्रबार बाँडफाँड हुने भएकाे छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडकाे अनुराेधमा चैत्र १३ गते, शुक्रबारका लागि बाँडफाँड मिति तय भएकाे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । माग भन्दा धेरै आवेदन परेकाे हुनाले याे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ यता बाँकी १२ लाख १० हजार भन्दा धेरै भने सेयर पाउनबाट वञ्चित हुनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको