अब नेपालमा अनलाइन मार्फत विदेशी बस्तु तथा सेवा खरिद गर्दा सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरु मार्फत सटही गर्न सकिने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको सर्तहरुको अधिनमा रहि वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुलाई ५०० अमेरिकी डलर वा सो बराबरको वा अन्य परिवत्र्य बिदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यबस्था भएको जनाएको छ ।
नेपालको प्रचलित कानूनले प्रतिबन्ध लगाएका बाहेकका अन्य विदेशी वस्तु तथा सेवाहरु प्रिपेड कार्ड प्रयोगकर्ताले विदेशबाट अनलाइन मार्फत् खरिद गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस