Like us!
Follow us!
Connect us!
Watch us!

होलीको अवसरमा कुश्माको द क्लिफमा ‘फुलमुन बन्जी’ हुने

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०७७, ११ : ४२ मा प्रकाशित

होलीको अवसरमा कुश्माको द क्लिफमा ‘फुलमुन बन्जी’ हुने

कुश्मा स्थित द क्लिफ प्रालिले सञ्चालन गरेको बन्जीमा चैत्र १५ गते फागुपूर्णिमाको रात  ‘फुलमुन बन्जी’ हुने भएको छ । यो क्लिफमा  आयोजना गरिएको पहिलो रात्री बन्जी हो।

साहसिक खेल बन्जीका पारखीहरुलाई केहि फरक मनोरञ्जन दिने हेतुले रातमा फुलमुन बन्जी गराउन लागेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । 

‘फुलमुन बन्जी’ मा रमाउनेहरुका लागि प्रतिब्यक्ति बन्जी र डिलक्स रुमको प्याकेजका लागि ९ हजार ९ सय ९९ रुपैया तोकिएको छ, भने बन्जी र स्ट्यान्डर्ड रुमसहितको प्याकेजका लागि ८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । प्याकेजमा ‘ब्रेक फाष्ट’ र ‘डिनर’ समेत समावेश गरिएको छ । 

यसका अतिरिक्त ‘फुलमुन बन्जी’ मा भिडियोका लागि १५ सय शुल्क तिर्नुपर्नेछ, जसमा आकर्षक टिसर्टको समेत व्यबस्था मिलाईने प्रा लिले जनाएको छ । 

क्लिफले वढीमा ३० जनालाई ‘फुलमुन बन्जी’ गराउने बताउँदै प्रिबुकिङ समेत शुरु भईसकेको जानकारी दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको