Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा १ करोड माथिको सेयर धितो कर्जाको माग धेरै, अन्य कुन रेन्जको कति ?

अर्थ संसार

बुधबार, ३१ असार २०८३, १६ : १७ मा प्रकाशित

बैंकहरुमा १ करोड माथिको सेयर धितो कर्जाको माग धेरै, अन्य कुन रेन्जको कति ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना सम्मको तथ्यांकअनुसार बैंकहरूमा १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको माग सबैभन्दा उच्च देखिएको छ भने त्यसपछि २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा बढी प्रवाह भएको छ।

समीक्षा अवधि (जेठ मसान्त) सम्ममा बैंकहरूबाट कुल १ खर्ब ६२ अर्ब ६७ करोड ४३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २६.५८ प्रतिशतले बढी हो। अघिल्लो वर्षको जेठसम्म यस्तो कर्जा प्रवाह १ खर्ब २८ अर्ब ६७ करोड १० लाख रुपैयाँ मात्र रहेको थियो।

कुन रेन्जको कति ?

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ करोड रुपैयाँभन्दा माथिको रेन्जमा कुल १ खर्ब १६ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस रेन्जको कर्जा ८८ अर्ब ४२ करोड ७ लाख रुपैयाँ मात्र प्रवाह भएको थियो।

यसरी अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १ करोडमाथिको सेयर धितो कर्जाको मागमा ३२.०७ प्रतिशतको  वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १९ अर्ब १४ करोड ६६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष जेठसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ३० करोड २ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ८७ करोड ५० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ गएको थियो।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २१.०१ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १३.४६ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने ४.६८ प्रतिशतले बढेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको