Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १० : ४९ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीको नाममा रहेको केहि संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले सेयरधनीको नाममा रहेको २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर बिक्री गर्दा हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् ।

साथै, संस्थापक सेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको समयभित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिहरुलाई संस्थापक समूहमा रहने गरी बिक्री प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6062b1f68442a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको