Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको साधारणसभा आज, २१ प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ०७ : ०८ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको साधारणसभा आज, २१ प्रतिशत लाभांश सहित यी प्रस्ताव पारित हुने

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ बार्षिक साधारणसभा आज फागुन ३० गते मंगलबारका दिन होटल सेभेन स्टार प्रा. लि. सौराहा, चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११।०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २१.०५२६३ लाभांस वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले आदर्श लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश र सभामा उपस्थित हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको