Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको बोनस सेयर आफ्नो बनाउने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, ०८ : १५ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको बोनस सेयर आफ्नो बनाउने आज अन्तिम दिन

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। 

कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १५ लाई  बुकक्लोज  मिति तय गरेको थियो। जस अनुसार यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तले घोषणा गरेको लाभांस र  साधारण सभामा सहभागिता जनाउन पाउनेछन।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि सभा घोषणा गरेको हो। 

सभा चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजे बोलाइएको छ।

सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु रहेका छन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको