Like us!
Follow us!
Connect us!
Watch us!

यती एअरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, १२ : २० मा प्रकाशित

यती एअरलाइन्सको बोडिङपास अब ग्यापु र एक्सलट्रीपको क्यास भौचर पनि

नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिप र लोकप्रिय नेपाली इ कमर्स ग्यापुले यती एअरलाइन्ससँग व्यापार साझेदारी गरेका छन्। यस साझेदारी सँगै यती एअरलाइन्सका यात्रुले  एक्सलट्रिप र ग्यापुमा विशेष छुट प्राप्त गर्ने बताइएको छ।

यती एअरलाइन्सको बोर्डिङ पास अब बोर्डिङ पास मात्र नभएर ग्यापु र एक्सलट्रिपको क्यास भौचर पनि हुने ग्यापु र एक्सलट्रिपका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए। 

यती एअरलाइन्सको हरेक बोर्डिङ पासमा ग्यापु मार्केटप्लेसको सय रुपैयाँको भौचर कोड र एक्सलट्रिपको २ सय रुपैयाँको भौचर कोड उपलब्ध हुने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। अप्रिल महिनामा ग्यापुको वार्षिक उत्सव र नेपाली नयाँ वर्ष समेत रहेकोले सोही भौचर प्रयोग गर्दा ग्यापुमा २ सय र एक्सलट्रिपमा ३ सयको छुट पाइने बताइएको छ।

साथै यती एअरलाइन्सको स्काइ क्लबमा आबद्ध २ लाख बढी यात्रुले एक वर्षभरि असीमित पटक प्रयोग गर्न मिल्ने ग्यापुको २ सयको र एक्सलट्रिपको ३ सयको सपिङ भौचर प्राप्त गर्ने खड्काले बताए।

यती एअरलाइन्स चढ्ने सबै यात्रुले प्राप्त गर्ने बोर्डिङ पासमा उक्त भौचर कोड हुने बताइएको छ।
भौचर साथीभाइ आफन्तलाई समेत गिफ्ट गर्न सकिने र  भौचरको कोड प्रयोग गरी छुटमा सपिङ गर्ने मध्ये प्रत्येक दिन एक जनाले ग्यापु र एक्सलट्रीप बाट उपहार पाउने खड्काले बताए।

सन् १९९८ देखि आन्तरिक हवाई सेवा दिँदै आएको यती एअरलाइन्सले ग्यापु र एक्सलट्रिप सँग सहकार्य गर्न पाएकोमा यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खुसी व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको