Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको डिबेन्चरमा पर्यो मागभन्दा धेरै आवेदन

अर्थ संसार

सोमबार, २३ चैत्र २०७७, १२ : ३२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको डिबेन्चरमा पर्यो मागभन्दा धेरै आवेदन

ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सब्स्क्राइब भएको छ । 

बैंकले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ निष्काशन गरी बिक्री खुला गरेको थियो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि तोकिएको थियो । 

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ । 

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको  थियो । यसका साथै लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउने व्यवस्था रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको