Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकद्वारा ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण

अर्थ संसार

बुधबार, २५ चैत्र २०७७, १७ : १८ मा प्रकाशित

एनसीसी बैंकद्वारा ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले का.म.न.पा. १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गरे । 

क्यूआर कोड मार्फत विद्युतीय भुक्तानीलाई प्रवर्दन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी बैंकले विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । त्यसका लागि बैंकले श्रमिक नेपाल यातायात अटो प्रा.लि.सँग सहकार्य गरेको छ ।  

कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक कडेलले विद्युतीय भुक्तानी अहिलेको आवश्यकता बनिसकेको बताए। उनले भने, ‘स्वस्थ र पारदर्शी बैंकिङ कारोबारमा पनि यसले सघाउ पुर्याउने छ ।’ प्रदुषणमुक्त सवारी अटो रिक्सामा प्रदुषणमुक्त भुक्तानी सुरुवात भएको कडेलको भनाई छ ।  साथै यस प्रकारका कार्यक्रमले देशको समग्र शुसासनमा समेत सकारात्मक प्रभाव पार्दछ ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश राज अर्यालले सवारी साधनमा क्यूआर कोड राख्दा ग्राहकहरूले नगद बोक्ने झन्झट नहुने बताए । उनले भने, ‘ग्राहकले तिरेको पैसा एनसीसी बैकमा जम्मा हुन्छ । त्यो पैसा एकातिर सुरक्षित हुन्छ भने अर्कोतिर व्याज समेत आउँछ ।’ अर्यालले क्यू.आर.कोडको प्रयोग व्यापक बन्दै गएको र भोलिका दिनमा रिक्सा चालकले पानीका बोतल किन्नदेखि तरकारी किन्नसमेत क्यूआर कोडको सहायता लिनसक्ने बताए । चालकहरूलाई बिना धितो ऋण दिन पनि एनसीसी बैंक तयार रहेको उनले बताए । 

काठमाडौं महानगरपालिका १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धरले चालकहरू आफ्नो अनुशासनमा रहनुपर्ने र सम्बन्धित निकायले पनि चालकको गन्तव्य क्षेत्र विस्तार गर्नुपर्ने बताए । उनले हाल १५० को संख्यामा ढल्कुमा विद्युतीय रिक्सा सञ्चालनमा रहेको बताए । 

श्रमिक नेपाल यातायात अटो प्रा.लि.का अध्यक्ष डम्बर रानाका अनुसार पाईडलबाट सुरु गरेका व्यवसायी अटो रिक्सामा प्रवेश हुँदासम्म कुनै निकायको सहयोग नपाएको बताए । उनले एनसीसी बैंक आफूहरूको सहयोगी बनेर आएको बताए । 
रानाले भने, ‘पाइडल मारेर रिक्सा चलाउनुपर्ने चालक आज विद्युतीय रिक्सासम्म बल्ल–बल्ल आईपुगेका छन् । कुनै पनि वित्तीय संस्थाको सहयोग चालकहरूलाई भएको थिएन् । अहिले एनसीसी बैंकको सहयोग पाएका छौं । हामीले स्वदेशमा उत्पादन हुने बिजुली प्रयोग गरी प्रदुषणमुक्त रिक्सा चलाएका छौं । यसलाई पर्यटन क्षेत्रमा आवद्ध गराउन जरुरी छ ।’ 

नेपाल ट्रेड युनियन महासंघका सचिव सोम तामाङ्ले श्रमिक वर्गलाई लक्षित गरी एनसीसी बैंकको क्यू.आर.कोड कार्यक्रम ल्याइएकाले यसबाट चालक र ग्राहक दुवै लाभान्वित हुने बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको