Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक प्रहरीको जरिवाना कुमारी बैंकको क्युआर कोडबाट भुक्तानी गर्न मिल्ने

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १२ : ११ मा प्रकाशित

ट्राफिक प्रहरीको जरिवाना कुमारी बैंकको क्युआर कोडबाट भुक्तानी गर्न मिल्ने

कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लिमिटेडको क्युआर प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरेका हुन् ।

कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै प्रमुख अतिथि, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताए । यो सेवाको सुरुवातले अब बिना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच कार्यक्रमका अतिथि कुमारी बैंक लिमिटेडका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तन सँगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंक लिमिटेड सदैव अगाडि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालीकाे शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताए । यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सीधै भुक्तानी गर्न सकिने जानकारी गराए ।

कार्यक्रममा उपस्थित फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैंकमा रहेको खाताबाट  क्युआरस्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए ।  

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको