वल्र्ड रेमिट र  इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै विश्वभर रहेका वल्र्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
वल्र्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो । सम्झौतापछि वल्र्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने, ‘नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ । वल्र्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ र त्यसका लागी हामीले इसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौँ’ ।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, “डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित छौँ । यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुने छ ।”  
यसैगरी, वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड  प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ । डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो । यो योजना जुन ३०,२०२१ सम्म लागु हुनेछ।
बिगत १० वर्षमा वल्र्ड रेमिटले लाखौँ ग्राहकका लागि एक विश्वसनीय, सुरक्षित र भरपर्दो विश्वव्यापी डिजिटल भुक्तानीको उत्कृष्ट प्लेटफर्मको निर्माण गरेको छ । वल्र्ड रेमिट विभिन्न किसिमका भुक्तानीका विकल्पहरू प्रदान गर्दै अन्तराष्ट्रिय रेमिट्यान्समा रहेको उच्च लागत घटाउनका लागि पनि विभिन्न कार्य गर्दै  आएको छ। अफलाइन मार्फत भइरहेको कारोबारलाई अनलाइनमा लगेर अन्तरदेशीय कारोबार गरी सुरक्षित, छिटो र कम लागतमा सेवा प्रदान गर्दै आइरहेको छ । हाल वल्र्ड रेमिटले १ सय ५० वटा भन्दा बढी देशहरुमा आफ्नो सेवा दिँदै आइरहेको छ भने विश्वभर रहेका ६ हजार ५ सय भन्दा बढी रेमिट्यान्स कम्पनीसँग सहकार्य गरेको छ । कम्पनीले ११ सय भन्दा बढिलाई रोजगारी दिएको छ ।
रेमिट्यान्स पठाउने सवालमा वल्र्ड रेमिट शत प्रतिशत डिजिटल (नगदरहित) रहेको छ भने पैसा प्राप्त गर्नेहरुले आफ्नो बैंक खातामा, मोबाईल एयरटाइम टपअप, मोबाईल मनि तथा नगद संकलन गरेर समेत प्राप्त गर्न सक्नेछन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस