Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाको दशैं–तिहार बम्पर अफरः कारोबार गर्दा नयाँ कार र आइफोन जित्ने मौका

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, १७ : ०८ मा प्रकाशित

इसेवाको दशैं–तिहार बम्पर अफरः कारोबार गर्दा नयाँ कार र आइफोन जित्ने मौका

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी, इसेवाले दशैं, तिहार, र छठ पर्वलाई लक्षित गर्दै ’इसेवा महा–उत्सव’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत, इसेवाबाट असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म जुनसुकै कारोबार गर्ने एक भाग्यशाली ग्राहकले नयाँ इलेक्ट्रिक कार जित्ने अवसर प्राप्त गर्नेछन् ।

इसेवाका अनुसार, कुनै पनि सेवाको प्रयोग गर्दा, ग्राहकलाई बम्पर उपहार जित्ने मौका हुनेछ। साथै, हरेक महिना एक भाग्यशाली विजेताले आइफोन १६ जित्न सक्नेछन्। प्रयोगकर्ताहरूले १ सय रुपैयाँको खेल खेल्न सक्नेछन्, जुन रकम मोबाइल रिचार्जको रूपमा फिर्ता हुनेछ। कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकताअनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।

 त्यसैगरी, दैनिक र साप्ताहिकरूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफरअन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्ने छन् ।

साप्ताहिकरूपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरू: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पिकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्ने छन् । यी अफरहरूबारे थप जानकारी इसेवाको फेसबुक, इन्स्टाग्राम पेजलगायत आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ । 

इसेवाबारे इसेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालय र तीनवटा सम्पर्क कार्यालय नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन् । 

यस कम्पनीसँग १ करोडभन्दा बढी दर्ता भएका ग्राहक, २ लाख ५० हजारभन्दा बढिएजेन्ट (इसेवा जो–प्वाइन्ट) ४९ बैंक, ४५ लघुवित्त, २ हजार २ सयभन्दा बढी इसेवा क्यास प्वाइन्ट्स तथा ३५० हजारभन्दा बढी मर्चेन्टआबद्ध रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको