Like us!
Follow us!
Connect us!
Watch us!

व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि इसेवाले ल्यायो एउटै एप

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १४ : ५३ मा प्रकाशित

व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि इसेवाले ल्यायो एउटै एप

हालै गुगल प्ले स्टोरमा १ करोडभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवा यस वर्ष आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ । अब इसेवासँग आबद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्नेछन् । 

पहिले नेपालका व्यवसायीहरूले व्यापार व्यवसायको लागि एउटा मोबाइल एप तथा व्यक्तिगत प्रयोजनको लागि अर्को गरेर छुट्टा छुट्टै खाता प्रयोग गर्नुपर्ने अवस्था थियो । इसेवाको मर्चेन्ट लिंक सेवा आएसँगै अब नेपालमै पहिलो पटक व्यावसायिक खाता र व्यक्तिगत खाताको लागि प्रयोग गर्न सकिने एउटै एप बनेको छ, इसेवा । 

यसबाट प्रयोगकर्ता/मर्चेन्टहरुले सजिलै भुक्तानी तथा कारोबारको सरल रूपमा एपबाट निगरानी राख्न सक्नेछन्। भुक्तानीको सूचना इसेवा एपको नोटिफिकेसन मार्फत पाउन सक्नेछन् भने आफ्नो खातामा लिकं गरिएको मर्चेन्ट खाताको फोनपे क्युआर मार्फत व्यवसायमा हुने भुक्तानी पनि एपबाटै लिन सक्नेछन्। त्यसका साथै मर्चेन्ट खातामा लिंक गरिएको सेटलमेन्ट बैकं खाताबाट सरल रूपमा पैसा निकाल्न पनि सकिनेछ। यी सम्पूर्ण विशेषताहरूको प्रयोग अब सरल रूपमा एउटै एपबाट प्रयोग गर्न सकिने छ। 

यस सुविधाले व्यवसायीहरूलाई समयको बचतसँगै वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्ने इसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको