Like us!
Follow us!
Connect us!
Watch us!
राप्रपा र नया शक्ति हरायो

काँग्रेस एमाले सँग सँगै , माओवादी पछ्याउँदै

मंगलबार, ०२ जेठ २०७४, १७ : ०० मा प्रकाशित

काँग्रेस एमाले सँग सँगै , माओवादी पछ्याउँदै

अर्थ संसार, 
काठमाडौं, स्थानीय तहको निर्वाचन मतपरिणामअनुसार कांग्रेस र एमालेले अग्रपङ्क्तिमा रहेका छन् भने सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले उनीहरुलाई पछ्याइरहेको छ ।

नयाँ राजनीतिक धारको नेतृत्व गरेको बताउने डा बाबुराम भट्टराईको नयाँ शीक्त बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुगेको छ ।

कमल थापाको राप्रपा पनि अप्रत्यासित हारको संघारमा पुगेको छ । चार ठूला महानगर मध्ये काठमाडौँ, ललितपुरमा नेपाली काँग्रेस अगाडि रहेको छ । यस्तै पोखरा लेखनाथमा मात्रै एमाले अगाडि रहेको छ । भरतपुर महानगरको मत परिणाम भने प्रारम्भिक मात्रै रहेको छ ।

प्रदेश ३, ४ र ६ का २८३ स्थानीय तहमध्ये कांग्रेस ९, एमालेले ११ र माओवादी केन्द्रले ८ स्थानमा जितिसकेको निर्वाचन आयोगले जनाएको छ ।एउटा स्थानमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको