Like us!
Follow us!
Connect us!
Watch us!

बैंकबाट १ खर्ब ४४ अर्ब सेयर लोन प्रवाह, कुन रेन्जको कति ?

अर्थ संसार

मंगलबार, ३१ भदौ २०८२, ११ : ३९ मा प्रकाशित

बैंकबाट १ खर्ब ४४ अर्ब  सेयर लोन प्रवाह, कुन रेन्जको कति ?

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनसम्म बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा ५८ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षको साउनसम्म बैंकहरुबाट १ खर्ब ४४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। यो अघिल्लो वर्षको तुलनामा ५८.०६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनसम्म बैंकहरुबाट ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ कर्जा गएको थियो।

साउनसम्म बैंकहरुबाट १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १ खर्ब १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ  थियो। यो रेन्जको कर्जाको माग ७५.२ प्रतिशतले बढेको छ। त्यस्तै,५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा चालु वर्षमा १६ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ थियो। यो रेन्जको कर्जा ३५.६३ प्रतिशतले वृद्धि भएको हो। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा पनि उल्लेख्य रूपमा बढेको छ। चालु वर्ष साउनसम्म यो रेन्जमा १७ अर्ब ८ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ भने अघिल्लो वर्ष सोही अवधिमा १३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ मात्र थियो। यसले २३.६ प्रतिशतले बढेको देखाँउछ

यस्तै, २५ लाख रुपैयाँसम्मको कर्जा पनि अघिल्लो वर्षको ७ अर्ब ५ करोड २८ लाख रुपैयाँबाट बढेर चालु वर्ष साउनसम्म ८ अर्ब ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ, जुन २३.६ प्रतिशतले बढी हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको