कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसअनुसार बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाइएको छ भने संस्थागत निक्षेपको ब्याजदर यथावत् राखिएको छ।
बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.८१ प्रतिशत र संस्थागत निक्षेपमा ४.०१ प्रतिशत ब्याजदर लागू गर्ने निर्णय गरेको छ। यो भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिएको थियो। असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ असोज महिनामा ३ महिनादेखि ६ महिनासम्मका लागि ३.२१ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ३.४१ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ३.९१ प्रतिशत, र २ वर्ष वा सोभन्दा माथिका लागि ४.८१ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
त्यसैगरी, 'कुमारी स्मार्ट एप' मार्फत खोलिने मुद्दती निक्षेप अन्तर्गत ३ महिनादेखि ६ महिनासम्मका लागि ३.४१ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ३.६१ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ४.११ प्रतिशत, र २ वर्ष वा सोभन्दा माथिका लागि ५.०१ प्रतिशत ब्याजदर तोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस