२०७२ वैशाख १२ गतेको महाभूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुननिर्माणको काम सम्पन्न भएको छ । अहिले धरहरा टावरको पुनः निर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ ।
यही वैशाख ११ गते उद्घाटन गर्ने तयारीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो । मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सकिने छ । भूकम्पले भत्काएको संरचना पुनः निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन ।
अब छिट्टै धरहराको टावरबाट काठमाडौंको सुन्दर दृश्यलाई नियाल्न सकिनेछ ।
तस्विरमा हेर्नुहोस् सिंगारिदै गरेको धरहरा:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस