Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो त सल्यानको पछिल्लो मत परिणाम कुमाखमालिका गाउँपालिकामा माओवादी केन्द्र अगाडि

बुधबार, ०३ जेठ २०७४, १६ : ३८ मा प्रकाशित

यस्तो त सल्यानको पछिल्लो मत परिणाम कुमाखमालिका गाउँपालिकामा माओवादी केन्द्र अगाडि

अर्थ संसार, 
सल्यान- कुमाखमालिका गाउँपालिका वडा नं. ७ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार तुलाराम बोहरा ५५२ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टीकाराम खत्रीको ३१७ मत प्राप्त गरेका थिए भने एमालेका चन्द्रबहादुर डाँगीको २०२ मत प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा सीता वली, दलित महिला सदस्यमा रुपा विक र खुला सदस्यहरुमा अकबर बोहरा र हस्तबहादुर बुढा विजयी भएका छन् ।

त्यस्तै, वडा नं. १ को अध्यक्षमा कांग्रेसका गोपाल बुढाथोकी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार दीपबहादुर चन्दले ३१६ मत प्राप्त गरेका छन् भने एमालेका कलिभान रानाले २६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा सदस्यहरुमा भने सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । जसअनुसार महिला सदस्यमा उषा बुढाथोकी, दलित महिला सदस्यमा मीना विक र खुल्ला सदस्यमा जनक थापा र डिल्ली राना रहेका छन् ।

प्रारम्भिक मतगणनाअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारहरुले झण्डै दोब्बर मतले लिड गरिरहेका छन् । जसमा माओवादी केन्द्र अध्यक्षका उम्मेदवार दिलमाया बुढामगरले ९६४ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष डिल्लीराज जैशीले १ हजार ६० मत प्राप्त गरेका छन् ।

त्यस्तै, काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार विवेकसिहं राठौरले ५४३ र उपाध्यक्षका उम्मेदवार उर्मिला रानाले ४८१ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार भैरवबहादुर शाहले ४४३ मत र उपाध्यक्षका उम्मेदवार शान्ति चन्दले ४३१ मत प्राप्त गरेका छन् ।

कुल १२ हजार १ सय ९३ मतदाता रहेको कुमाखमालिका गाउँपालिकामा ८ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको