Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर महानगरमा एमालेले खाता खोल्यो

बुधबार, ०३ जेठ २०७४, १७ : १३ मा प्रकाशित

भरतपुर महानगरमा एमालेले खाता खोल्यो

अर्थ संसार,
 काठमाडौँ-चितवनको भरतपुर महानगरपालिकामा नेकपा(एमाले)का उम्मेदवारले खाता खोलेका छन् । मुलुककै प्रमुख चासोको रुपमा रहेको सो महानगरपालिकाको वडा नः २ मा नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर श्रेष्ठ भारी मतअन्तरले बिजयी भएका छन् ।

श्रेष्ठले कांग्रेसका उम्मेदवार चामुनारायण श्रेष्ठलाई ५७२ मतले पराजित गर्दै जित हात पारेका हुन् । श्रेष्ठले १९ सय २६ मत ल्याएर जीत हात पार्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवार चामुनारायणले १३ सय ५४ मत प्राप्त गरे ।

एमालेले भरतपुर महानगरको वडा नम्वर २ बाट सिंगो प्यानल बिजयी भएको हो । एमालेले वडा नः २ बाट प्लानलसहित जिते पछि एमाले कार्यकर्ताहरुले बाजागाजा सहित बिजय जुलुस निकालेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको