Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा गैह्रआवाशीय नेपालीलाई लगानी खुल्ला हुँदै, कार्यविधि बनाउन समिति गठन

बुधबार, ०३ कार्तिक २०७३, १३ : ५८ मा प्रकाशित

सेयरमा गैह्रआवाशीय नेपालीलाई लगानी खुल्ला हुँदै, कार्यविधि बनाउन समिति गठन

अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो वजारमा गैह्र आवाशीय नेपाली (एनआरएन) लाई सहभागी गराउन अध्ययन गर्न समिति गठन गरेको छ । कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैंक र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का पदाधिकारी सदस्य छन् । उक्त समितिमा एनआरएनएका प्रतिनिधिसमेत सहभागिता रहने व्यवस्था छ ।

उक्त समितिले एनआरएनको सहभागितावाट धितोपत्रको दोस्रो वजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिनाभित्र कार्यविधि तयार गर्नेछ । यसको कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो वजारको दायरा फराकिलो हुने छ । यसबाट नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने अपेक्षा रहेको बोर्डले जनाएको छ ।   

धितोपत्रको दोस्रो वजार कारोवार अभौतिकिकरण भई आधुनिकिकरणको युगमा प्रवेश गरेको छ । नेपालको धितोपत्र वजारको क्षेत्रसमेत विस्तार हँुदै गईरहेको छ । यद्यपि हालसम्म धितोपत्र वजारमा गैह्र आवाशीय नेपालीले प्रत्यक्ष रुपमा लगानी गर्ने व्यवस्था छैन । धितोपत्रको दोस्रो वजारमा सहज रुपमा प्रवेश पाउन गैह्र आवासीय नेपालीले माग गर्दै आएका छन् । सरकारले वजेटमार्फत धितोपत्र वजारमा एनआरएनको लगानी आकर्षित गराउने नीति लिएको थियो । 

रोजगारीको अवसर ! जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको