Like us!
Follow us!
Connect us!
Watch us!

बेनीमा चुनाव लडन गएका महासङ्घका उपाध्यक्ष पराजित

बुधबार, ०३ जेठ २०७४, १८ : ३५ मा प्रकाशित

बेनीमा चुनाव लडन गएका महासङ्घका उपाध्यक्ष पराजित

अर्थ संसार 

काठमाडौँ- उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष रहेका प्रमोद श्रेष्ठले बेनी नगरपालिकाको मेयर पदमा पराजित भएका छन् । नेपाली कांग्रेसका हरि श्रेष्ठबाट प्रमोद श्रेष्ठ ४१ मतले पराजित भएका हुन् ।

उद्योग वाणिज्य महासंघको विधानमा पदाधिकारीलाई कुनैपनि राजनीतिक दलको सदस्य हुन रोक लगाएको छ । उनले महासंघको उपाध्यक्ष पदबाट राजिनामा दिएका छैनन् ।

गत चैतमा भएको चुनावमा श्रेष्ठ किशोर प्रधान समुहबाट पदाधिकारीमा जित्ने एकमात्र उम्मेद्वार थिए । महासंघले यसअघि नै उनलाई निलम्बनको चिठी दिइसकेको छ ।

जिल्ला तथा नगरमा उपाध्यक्ष उम्मेद्वार बन्ने समयमा मेयरको पदको चर्चामा आएपनि प्रमोद श्रेष्ठले मेयरमा नउठ्ने बताएका थिए । दुई कार्यकाल महासंघको कार्यकारिणी सदस्य रहेका श्रेष्ठले मेयरमा चुनाव उठ्दा दुईतिरकै पद गुमाउनु परेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको