रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा गर्ने भनिएकाे स्थान परिवर्तन भएकाे छ ।
यसअघि लैनचौर बैंक्वेट, लैनचौर, काठमाडाैँमा गर्ने भनिएकाेमा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएकाे हुनाले अब फाइनान्सकाे मुख्य कार्यालय प्रर्दशनीमार्गमा भिडियाे कन्फ्रेन्स मार्फत् हुने भएकाे हाे ।
फाइनान्सकाे एघारौँ वार्षिक साधारण सभा वैशाख २२, बुधबार हुनेछ । सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस