Like us!
Follow us!
Connect us!
Watch us!

गज्जब छ सेयरबजार : लाभांस नदिने घोषणा गर्दा त्यस कम्पनीको मुल्यमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, ०९ असार २०८१, २१ : ४७ मा प्रकाशित

गज्जब छ सेयरबजार : लाभांस नदिने घोषणा गर्दा त्यस कम्पनीको मुल्यमा सकारात्मक सर्किट

लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नु अगाडी कम्पनीले दिने मुनाफालाई मुख्य आधार मान्ने गरेका हुन्छन। मुनाफा दिने कम्पनीहरु लगानीका लागि अरु भन्द सुरक्षित मान्ने गरिन्छ। मुनाफा गर्ने कम्पनीले कमाई मार्फत लगानीकर्तालाई लाभांस दिने हुनाले यसो भनिएको हो। 

जब मुनाफा गरेका कम्पनीले आफ्ना राम्रा लाभांस घोषणा गर्ने गर्छन त्यस्ता कम्पनीको दोस्रो बजारमा सेयर मूल्य बढ्ने गर्छ। तर जब आशा गरेको कम्पनीले लगानीकर्ताको अपेक्षा विपरित थोरै वा  वा लाभांस नदिने घोषणा गर्छन, त्यस्ता कम्पनीमा लगानी गरेका लगानीकर्ताको मनोबल घट्छ र त्यसको  प्रत्यक्ष असर दोस्रो बजारको उक्त कम्पनीको सेयर मूल्यमा देखिने गर्छ। 

बजारमा सधैँ जसो देखिने घट्नाक्रम यहि नै हो तर आइतबार दोस्रो बजारमा अलि भिन्न र फरक घटनाक्रम देखियो। असार ७ गते रिलायन्स फाइनान्स लिमिटेडको संचालक समितको बैठक बसेर गत वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गर्यो।  

यो यस कम्पनीमा लगानी गर्नेका लागि पक्कै राम्रो समाचार होइन। तर कम्पनीले यस्तो निर्णय गर्दा बजारमा भने यस कम्पनीको सकारात्मक सर्किट लाग्यो। दोस्रो बजारमा आइतबार यस कम्पनीको मुल्य १० प्रतिशतले बढ्यो। आइतबार बिहान ४०१ रुपैंयामा सुरु भएको यस कम्पनीको मुल्य दिनको अन्तमा ४०.५० रुपैंया बढेर ४४५.५० रुपैंयामा बन्द भयो। 

लगानीकर्ताहरुले यो घटनालाई अप्रत्यासित घटनाको रुपमा लिएका छन्। ' अरु होइन बजारमा ट्रडॆर हाबी मात्र भएका हुन्। ' एक ट्रडेरले भने। 'जसले यस कम्पनीका सेयर होल्ड गरेका छन् त्यी लगानीकर्ताले नै आफ्नो सेयरमा थप लगानी गरेर आज कम्पनीको सेयर मुल्य बढाएका मात्र हुन, समाचार आएकै दिन अरु हच्किदा आफैँ आफ्ना उक्त कम्पनीको सेयर किनेर मुल्य बढाएको जस्तो देखियो। ' उनले भने। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको