Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिभिल बैंक र रिलायन्स फाइनान्सको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, २० पुस २०७८, ०६ : २० मा प्रकाशित

नेप्सेमा सिभिल बैंक र रिलायन्स फाइनान्सको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (पौष २० गते, सोमबार) सिभिल बैंक लिमिटेड र सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सिभिल बैंक लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ४५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ सय ५५ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको एघारौँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार आम्रपाली बैंङ्क्वेट, बालुवाट, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंकको पौष ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५।२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५२ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय २० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको बार्हौँ वार्षिक साधारण सभा पौष ३० गते, शुक्रबार, कम्पनीको केन्द्रिय कार्यालय, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको पौष २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको