Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, १९ असार २०८०, ०८ : २७ मा प्रकाशित

रिलायन्स फाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

रिलायन्स फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीले घोषणा गरेको आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ६.८४ प्रतिशत लाभांसलाई आज सम्म कायम रहेका लगानीकर्ताले पाउनेछन्।यसका लागि बुधबार असार २० गते बुक क्लोज तय गरेको छ। 

कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले तेह्रौं वार्षिक साधारण सभा असार ३१ गते गर्ने तय गरेको थियो । सभा स्मार्ट दरबार ब्यांक्वेट  धुम्बाराही काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । 

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ६.८४ प्रतिशत लाभांशलाई स्वीकृति गर्नेछ । जसमा ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाको शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश रहेको छ ।  सभाले बोनस शेयर  वितरणपछि जारी पूँजी र चुक्तापूँजी बढ्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  

साथै सभाले सञ्चालक समितिमा प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको