Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले अपेक्षा गरेको जस्तो नजिता किन आएन ?

विहीबार, ०४ जेठ २०७४, १६ : ३९ मा प्रकाशित

कांग्रेसले अपेक्षा गरेको जस्तो नजिता किन आएन ?

अर्थ संसार, 
काठमाडौं– नेपाली कांग्रेसले  पहिलो चरणको चुनावमा अपेक्षित  परिणाम नआएको निष्कर्ष निकालेको छ।

आज विहिबार  नेपाली कांग्रेस पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुको चुनावको समिक्षात्मक बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकपछि पत्रकारहरुलाई जनकारी गराउदै केन्द्रीय सदस्य महेश आचार्यले उक्तकुरा बताउनुभएको हो। उहाँले भन्नुभयो अहिले मिश्रित चुनावी नतिजा छ ।

कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन । यद्यपि, अन्तिम परिणाम आउन बाँकी छ ।

बैठकमा ‘अहिलेको परिणामको समीक्षा भएको र आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय भएको नेता आचार्यले बताउनुभयो ।’

आचार्यले भन्नुभयोू अब  संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भयोू ।

पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको