Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना कहरः उपत्यकाका तरकारी बजारको भिडले जोखिम बढ्यो

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, ०७ : ४० मा प्रकाशित

कोरोना कहरः उपत्यकाका तरकारी बजारको भिडले जोखिम बढ्यो

कोभिड–१९  को महामारीका  कारण  उपत्यकाका  थोक  तरकारी तथा  फलफुल  बजारहरु  जोखिममा  परेका  छन् । 

खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न  दिइने  भएपछि  तरकारी  तथा  फलफूल बजारहरूमा  बिहान  र  बेलुका  एक्कासि  भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ ।

खाद्यान्न  तथा  तरकारी  पसल  बिहान  ६ः०० देखि  १०ः००  बजेसम्म  र  साँझ  ५ः००  देखि ७ः००  बजेसम्म  खुला  हुन्छन् ।  

खुद्रा  पसलका लागि  तरकारी  तथा  फलफूल  खरिद  गर्न  थोक बजार  कालीमाटी,  बल्खु,  बानेश्वर,  तीनकुने, बागबजार  टुकुचालगायतका  ठाउँमा  जाने  गरेका छन्  त्यसले  गर्दा  बिहान  त्यहाँ  अत्यधिक  भीड हुने  गरेको  छ ।

थोक  बजार  पनि  अघि पछिभन्दा सीमित  समयसम्म  खुल्ने  भएकाले  उपभोक्ताको भीड  अत्यधिक  हुने  गरेको  छ । नेपाल  फलफूल तथा  तरकारी  व्यवसायी  महासङ्घका  अध्यक्ष खोमप्रसाद  घिमिरेले  तरकारी  बजारमा  अत्यधिक भीडका  कारण  जोखिम  बढेको  बताए । सरकारले तोकेको   मापदण्डअनुसार   बजार सञ्चालन  गरे  पनि  कतिपय  व्यापारीले  त्यो मापदण्ड  पालन  नगरेका  कारण  जोखिम  झनै बढेको उनले बताए । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको