अर्थ संसार,
काठमाडौं – स्थानीय तह निर्वाचनको नजितालाई हेर्दा नेकपा एमाले र सक्तासाझेदार पार्टी (नेपाली कांग्रेस र माओवादी केन्द्र) बिच कडा प्रतिष्प्रर्धा देखिएको छ ।
विशेष गरी देशको चार महानगरपालिकाको मतगणनालाई हेर्दा अहिलेसम्म निर्वाचमा तालमेल गरी चुनावी मैदानमा उत्रिएको सक्तासाझेदारी पार्टी (नेपाली कांग्रेस र माओवादीकेन्द्र ) लाई नेकपा एमालेले पछाडि पार्दै आएको देखिन्छ ।
सवैले महत्वका साथ हेरिरहेको चार महानगरपालिकाको पछिल्ला मतगणना अनुसार काठमाडौं, भरतपुर र पोखरामा नेकपा एमालले अग्रता लिएको छ भने ललितपुरमा मात्र नेपाली कांग्रसेले अग्रता लिएको छ ।
कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्र भने एमालेलाई पछ्याईरहेको छ । त्यसै गरी विवेकशील र साझा पार्टीले पनि पछ्याईरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस