Like us!
Follow us!
Connect us!
Watch us!
मतगणनालाई सरकार परिवर्तनसँग नजोड्न आग्रह

बजारमा हल्ला : भरतपुर रेणुलाई र एमालेलाई प्रधानमन्त्री दिने खेलमा प्रधानमन्त्री

शनिबार, ०६ जेठ २०७४, ०९ : ३३ मा प्रकाशित

बजारमा हल्ला : भरतपुर रेणुलाई र एमालेलाई प्रधानमन्त्री दिने खेलमा प्रधानमन्त्री

अर्थ संसार, 

काठमाडौं-भरतपुर महानगरपालिकाको मतगणनामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई पछि पार्न थालेपछि  ज्ञवालीलाई हराई रेणुलाई जिताउने खेल हुन थालेको राजनीतिक वृत्तमा हल्ला चलेको छ । 

रेणुलाई भरतपुर दिई एमालेलाई प्रधामन्त्री दिने खेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल  लागेको राजनीतिक वृत्तमा अहिले चर्चाको विषय बनेको छ ।

बजारमा यस्तो हल्ला चलिरहेको बेला अखिल नेपाल किसान महासङ्घले स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत हाल चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको विषयलाई लिएर सरकार परिवर्तनको विषयसँग नजोड्न आग्रह गरेको छ । 

महासङ्घ प्रचार विभागका तर्फबाट शुक्रबार विश्वमणि सुवेदीले विज्ञप्ति निकाल्दै उम्मेदवारको मतान्तर तलमाथि भइरहेको विषयलाई लिएर महासङ्घका अध्यक्ष तथा नेकपा ९एमाले०का उपाध्यक्ष वामदेव गौतमको विरुद्धमा अफवाह फैलाई सुनियोजित र षड्यन्त्रपूर्ण ढङ्गले बजार हल्ला मच्चाइएको विषयको खण्डन गरिएको छ । 

विज्ञप्तिमा महासङ्घका अध्यक्षले निर्वाचनबाहेकका कसैसँग कुनै पनि वार्ता, छलफल वा संवाद कोहीसँग पनि नगरेको उल्लेख गर्दै सरकार हेरफेरसँग सम्बन्धित कुनै पनि विषयमा उहाँको चासो नरहेको र तत्काल पार्टीको नीति पनि सरकार परिवर्तन नभएको स्पष्ट पारिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको