Like us!
Follow us!
Connect us!
Watch us!

१० बुँदे सहमति पछि भरतपुरको मतगणना सुरू हुँदै

शनिबार, ०६ जेठ २०७४, ११ : २९ मा प्रकाशित

१० बुँदे सहमति पछि भरतपुरको मतगणना सुरू हुँदै

अर्थ संसार

भरतपुर - भरतपुर महानगरपालिकाको गएरातिदेखि स्थगित मतगणना फेरि सुरू भएको छ। अहिले बिहान बसेको सर्वदलीय बैठकले १० बुँदे सहमति गरेसँगै मतगणना सुरू हुन लागेको हो।

९ नम्बर वडाको मत गन्दै गर्दा फरक परेको भन्दै माओवादी केन्द्र र कांग्रेसले फेरि गणना गर्न माग गरेपछि मतगणना स्थगित भएको थियो।

निर्वाचन अधिकृतहरूले सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गरेका थिए। हिजोको प्रयास सफल नभए पनि अहिले बिहान बसेको बैठकले मत गणनालाई अगाडि बढाउने सहमति भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको