Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा,के के नियम भए परिवर्तन ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १३ : ३३ मा प्रकाशित

काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा,के के नियम भए परिवर्तन ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा १५ दिन थप गर्दै जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । 

त्यस्तै प्रजिअहरुको बैठकले हाल सम्म विकास निर्माणका कामहरु सञ्चालन भईरहेको भएतापनि अब राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ । अहिले सम्म विवाह, ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा १५ जनासम्म सहभागि हुन अनुरोध गरिएको थियो । 

अब किराना पसल र डिपार्टमेन्टल स्टोर हरुपनि बिहान १० बजेसम्म खोल्न पाईने भएको छ । हाल ९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको