Like us!
Follow us!
Connect us!
Watch us!

अब मेडिसिटीले कोरोना संक्रमित बिरामी भर्न नगर्ने

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, २२ : २५ मा प्रकाशित

अब मेडिसिटीले कोरोना संक्रमित बिरामी भर्न नगर्ने

ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको  उपचार भइरहेको अस्पतालका प्रवक्ता डा.राज राणाले जानकारी दिनुभयो ।

चालीस  भन्दा बढी  भेन्टिलेटर सहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको   जनाएको छ । 

प्रत्येक दिन ४ सय पचास देखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग  अपील गरेको छ ।  

अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल  बिरामीको नयाँ भर्ना लिन  असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको