Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना बिरुद्ध लड्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब बढिको बजेट

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १८ : ११ मा प्रकाशित

कोरोना बिरुद्ध लड्न स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब बढिको बजेट

कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्री खरिदका लागि स्वास्थ्य मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमति पाएको छ ।

२६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सामान खरिदका लागि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सहमति दिएको हो ।

त्यसैगरी केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

60a10fcc1f26e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको